आइतबार, वैशाख ७, २०८२

साताको अन्तिम कारोबारको दिन एक घण्टामा १२.६१ अंक बढ्यो शेयर बजार , होटल र जलविद्युतका शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च

नेपालखोज २०७७ असोज १ गते १२:१७

असोज १, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार एक घण्टामा शेयर बजार १२ दशमलव ६१ अंक उकालो लागेको छ । शून्य दशमलव ८२ प्रतिशत बढेर नेप्से परिसूचक १ हजार ५५४ दशमलव शून्य १ मा पुगेको हो ।

यस अवधिमा सेन्सेटिभ इन्डेक्स २ दशमलव ४७ अंक बढेर ३०७ दशमलव ९५ विन्दुमा पुगेको छ । बिहीवारको कारोबारमा लगानीकर्ताहरु होटल र जलविद्युत समूहका शेयरप्रति बढी आकर्षित भएका छन् । एक घण्टाका कारोबारमा आएका १२ समूहमध्य होटलसमूहको सर्वाधिक ९ दशमलव ३२ प्रतिशत र जलविद्युत समूहको ५ दशमलव ७७ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै यो दिन वित्त समूहको परिसूचक पनि २ दशमलव १९ प्रतिशत बढेको छ । १२ समूहमध्य व्यापारिक समूहको शून्य दशमलव ५४ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ ।

बिहीवार एक घण्टामा १७२ कम्पनीको ५२ करोड २५ लाख ५८ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । यस अवधिमा सर्वाधिक कारोबार सोल्टी होटलको भएको छ । सोल्टी होटलको एक घण्टामा ३ करोड ३८ लाख ३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गरिरहेको सोल्टी होटलको शेयरमूल्य १० प्रतिशतसम्म बढेर कारोबार भएको छ । सोल्टी होटलसँगै बिहीवार एक घण्टाको कारोबारमा रिलायन्स लाइफ इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य १० प्रतिशत बढेको छ ।

यस दिन विशाल बजार कम्पनी लिमिटेड र नबिल इक्वीटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । बिशाल बजार कम्पनीको ३ दशमलव ९४ प्रतिशत र नबिल इक्वीटी फण्डको ३ दशमलव २० प्रतिशतले शेयरमूल्य घटेको हो ।

प्रतिक्रिया