नविल बैंकको चाडपर्व योजनामा ७.४९ प्रतिशत मै घर कर्जा
कठमाडौं । नविल बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्व योजना’ सार्वजनिक गरेको छ ।
बैंकले चाडवाड योजना अन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जानकारी दिएको छ ।
त्यतैगरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्दैछ । २ वर्षभन्दा माथि र ५ वर्षसम्म व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।
त्यसैगरी, ७.४९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने बैंकले जनाएको छ । धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७।९९ प्रतिशत, १ करोड रुपैयाँसम्मको कर्जामा ७.४९ प्रतिशत, १ करोडभन्दा माथिको कर्जामा ७.९९ प्रतिशत लिने जानकारी दिएको छ । उक्त ब्याजदर एक वर्षसम्म परिवर्तन नगर्ने बैंकले जनाएको छ ।
सन् १९८४ मा स्थापना भएको बैंकले अहिले ग्राहकलाई १ सय १९ शाखा, १ सय ८५ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया