थियागोलाई भित्र्याउने लिभरपुलको तयारी
एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखबाट स्पानिस मिड फिल्डर थियागो अलकान्टारोलाई भित्र्याउने भएको छ । थियागोका लागि लिभरपुलले २७ मिलयन पाउण्ड तिर्ने र अनुबन्धको नजिक पुगेको बीबीसीले जनाएको छ ।
२९ वर्षीय थियागो सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनाबाट बायर्न गएका थिए । उनले गत सिजनको च्याम्पियन्स लिग फाइनलमा पीएसजी विरुद्ध अन्तिम पटक बायर्नका लागि खेलेका थिए ।
थियागोको विषयमा लिभरपुल र बायर्नबीच कुराकानी भइरहेको बताइएको छ । थियागोको सम्झौता भने अझै एक वर्ष बाँकी रहेको छ । गत साता थियागोको अनुबन्धबारे लिभरपुल काम्यानेजर युर्गोन क्लोपलाई सोध्दा उनले ट्रान्सफर विन्डो खुल्ला रहेसम्म आफूले अहिले केही नभन्ने प्रतिक्रिया दिएका थिए ।
थियागोले बार्सिलोनाबाट करियर सुरु गरिएका थिए । २०१३ मा बायर्न गएपछि उनले लगातार सात पटक बुण्डेस लिगा उपाधि चार जर्मन कप र एक क्लब वर्ल्ड कप जितेका थिए ।
प्रतिक्रिया