बुधबार, वैशाख १०, २०८२

कोरोनाविरुद्धको खोप केही साताभित्र आउँछ : राष्ट्रपति ट्रम्प

नेपालखोज २०७७ असोज १ गते १९:५२

एजेन्सी । अमेरिकामा आमरूपमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने समयबारे राष्ट्रपति र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले परस्पर विरोधी अभिव्यक्ति दिएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् भने सीडीसीका निर्देशक रोबर्ट रेड फिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन् ।

कोरोना भाइरस विरुद्धको खोप शुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुन सक्ने सीडीसीका निर्देशक रोबर्ट रेड फिल्डले बताएका छन् । तर त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ छ । तर राष्ट्रपति डोनल्ड ट्रम्पले गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गरेका छन् ।

उनले अमेरिकामा कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप केही साताभित्रै आमरूपमा वितरणका लागि तयार हुने बताएका छन् । तर राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया