बुधबार, वैशाख १०, २०८२

विश्वमा २४ घण्टामा कोरोनाले ६ हजारको मृत्यु

नेपालखोज २०७७ असोज २ गते ७:३६

एजेन्सी । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ६ हजार ५७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार अघिल्लो २४ घण्टामा ४ हजार ५२० कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनकाअनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३७ हजार ३९१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९२ हजार ३०७ जनाको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म ९ लाख ३७ हजार ३९१ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया