युरोपमा कोरोना संक्रमण गम्भीर वृद्धि हुने : डब्ल्यूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमितको संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् । बिहिबार कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी दिए ।
मार्च महिनामा महामारी उत्कृर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उनले बताए । यता अस्पतालमा बिरामीको चाप र मृत्युदरमा भने वृद्धि देखिएको छैन यद्यपि, स्पेन र फ्रान्समा संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।
हाल विशेषगरी युवावर्गमा कोरोनाको संक्रमण अत्यधिक देखिएको छ । यी संक्रमण ज्येष्ठ नागरिकमा फैलिए, स्थिती थप चिन्ताजनक हुने बताइएको छ ।डब्ल्यूएचओका अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया