गरिमा विकास बैंकको एकै दिन खुल्यो उपत्यकासहित देशभर ६ नयाँ शाखा
नेपालखोज
२०७७ असोज २ गते ११:४२
काठमाडौं । गरिमा विकास बैंकले बिहीबार एकै दिन ६ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरेको हो ।
बैंकले उपत्यकाभित्र काठमाडौंको ढुंगेधारा तथा ललितपुरको इमाडोलमा नयाँ शाखा संचालनमा ल्याएको छ भने उपत्यकाबाहिर नवलपुरको गैंडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुरमा शाखा बिस्तार गरेको छ ।
साथै गरिमा विकास बैंकका शाखा काठमाडौं उपत्यकाभित्र मात्रै १३ वटा पुगेका छन् । देशभर सबै प्रदेशमा गरि बैंकका ९७ वटा शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेन्ट छन् ।
सम्बन्धित
प्रतिक्रिया