आइतबार, वैशाख ७, २०८२

लिबर्टी इनर्जीको सेयर नेप्सेमा सूचिकृत

नेपालखोज २०७७ असोज २ गते १४:४८

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । लिबर्टी इनर्जी कम्पनी भदौ ३१ गते नेप्सेमा सूचिकरण भएको हो ।

उक्त कम्पनी र नेपाल स्टक एक्सचेनज लिमिटेड बीच शेयर सूचिकरण सम्झौता सम्पन्न भएको हो । कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँको दरले १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको ओपन रेञ्ज १ सय देखि ३ सय रुपैयाँसम्म रहेको छ ।सर्बसाधरण लगानकिर्ता, सदस्य दलाल र बजार निर्माताका लागि सूचना मार्फत जानकारी गराइएको हो ।

सो कम्पनीको आरटिएस पूभु क्यापिटल लिमिटेड, कमलादीबाट हुनेछ ।

 

प्रतिक्रिया