सोमबार, वैशाख २२, २०८२

बेलारुसका राष्ट्रपतिद्वारा पश्चिम सीमा बन्द गर्न निर्देशन

नेपालखोज २०७७ असोज २ गते १९:३६

एजेन्सी । बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएका छन् ।

उनले पश्चिमी सीमा पोल्यान्ड र लुथियानासँगको सीमानाका पनि बन्द गर्न निर्देशन दिएका छन् । पश्चिमा मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले हिजो यस्तो निर्णय गरेका हुन् ।

उनको यस्तो आरोपपछि अमेरिका र युरोपियन युनियले चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया