सोमबार, वैशाख ८, २०८२

आइपिएल आजदेखि शुरु हुँदै

नेपालखोज २०७७ असोज ३ गते ६:०९

एजेन्सी । यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि हुदैछ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल कडा स्वास्थ्य प्रोटोकलका बीच हुदैछ ।

विश्वभरकै क्रिकेट फ्यानहरुका लागि टी-२० क्रिकेटको विश्वकै लोकप्रिय यो प्रतियोगिताको प्रतिक्षा सकिएको छ । आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ ।

आइपिएलको इतिहासमा सबै भन्दा बढी फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो खेल रोचक नै हुने अनुमान गर्न सकिन्छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । चेन्नई र मुम्बईबीचका अहिलेसम्मका खेलको विश्लेषण गर्दा दुवै बिचमा अहिलेसम्म २८ खेल भएको छ जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गरेका चेन्नईका कप्तान महेन्द्र सिंह धोनी अहिलेपनि चेन्नईका प्रमुख हतियार हुन् । यस सिजनको पूर्व सन्ध्यामा आफ्ना महत्वपूर्ण दुई खेलाडी सुरेश रैना र हरभजन सिंहले नखेल्ने निर्णय गरेसँगै चेन्नई ब्याकफुटमा रहेको छ । यद्यपी हरभजन र रैनाको अनुपस्थितिमा पनि चेन्नई उपाधिको प्रमुख दाबेदार मध्येको एक टिम हो ।

त्यस्तै मुम्बई पनि आइपिएलमा सबैभन्दा सफल टिम हो । मुम्बईले अहिलेसम्म खेलेका ५ फाइनल मध्ये चार पटक उपाधि जितेर सबैभन्दा बढी उपाधि जितेको छ । चेन्नई आइपिएलमा सबैभन्दा सफल टिम मध्ये एक हो । तीन पटक उपाधि जितेको चेन्नईले खेलेका १० सिजनमा ८ पटक फाइनलमा पुगेको छ । धोनीको चतुर कप्तानीका कारण चेन्नई आइपिएलमा सफल हुदै आएको छ । साथै धेरै जसो अनुभवी खेलाडीले भरिएको चेन्नईलाई ुपिताहरुको टिमु समेत भन्ने गरिन्छ ।

यस सिजन चेन्नईका लागि धोनी सहित शेन वाटसन, अम्बाती रायडु, केदार जादभले शिर्ष क्रमको ब्याटिंग सम्हाल्नु पर्ने छ । चेन्नईको ओपनिंग वाटसन र रायडुले गर्ने छन् भने ओपनरका लागि मुरली विजयी पनि उपलब्ध रहने छन् । त्यस्तै रैनाको अनुपस्थितिमा टिमको तेस्रो स्थानमा दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसी आउने सम्भावना रहेको छ । त्यस्तै धोनी चौथो नम्बरमा र केदार जादभ पाँचौ नम्बरमा आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया