अमेरिकामा आगामी ४८ घण्टापछि टिकटक र वी च्याटमा प्रतिबन्ध
काठमाडौँ । अमेरिकामा आगामी ४८ घण्टापछि प्ले स्टोर र आइओएस स्टोरबाट टिकटक र वि च्याट हट्ने भएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले यी दुई एप कुनै पनि एप स्टोरबाट कुनै पनि प्लेफर्ममा उपलब्ध नहुने स्पष्ट गरेको छ ।
अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको प्रश्न उठाउदै चर्चित चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । वि च्याट आधिकारिक रुपमा आइतबारबाट अमेरिकामा बन्द हुने छ भने टिकटक भने नोभेम्बर १२ सम्म चल्ने छ ।
अब यसको अन्तिम विकल्प राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै नयाँ निर्णय गरे मात्र रहेको अमेरिकी मिडियाले बताएका छन् । राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशविरुद्ध अदालत गएको टिकटकले आफुहरु कानुनी लडाई लड्ने बताएको छ । वी च्याट र टिकटक दुवैले यस्तो निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् । दुवै कम्पनिले यसको दिर्घकालिन समाधानका लागि अमेरिकी सरकारसँग निरन्तर छलफलमा रहेको बताएका छन् ।
पछिल्लो पटक माइक्रोसफ्टको टिकटक किन्ने प्रयास असफल भएपछि अर्को कम्पनि ओराकलले टिकटकको अमेरिकी साझेदार बन्ने घोषणा गरिएको छ । तर यसलाई राष्ट्रपति ट्रम्पले अनुमति दिएमात्र यो अगाडी बढ्ने छ ।
यस अघि माइक्रोसफ्टले आफ्नो ब्लगमा टिकटकको निर्माता कम्पनि बाइटडान्सले माइक्रोसफ्टलाई टिकटकको अमेरिकाको अप्रेशन नबेच्ने जानकारी गराएको उल्लेख गरेको थियो । माइक्रोस सफ्टले अमेरिकी कानुन अनुसार माइक्रोसफ्टले सुरक्षा र प्रभावकारिताको हिसाबले उत्कृष्ट प्रस्ताव दिएको उल्लेख गरको छ ।
सेप्टेम्बर २० मा अमेरिकाको वाणिज्य मन्त्रालयले टिकटकलाई औपचारिक रुपमा अमेरिकामा प्रतिबन्ध लगाउने बताइएको छ । यस अघि ट्रम्पले ४५ दिनको समय दिदै प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि टिकटक सो आदेशको विरुद्ध अदालतमा समेत गएको छ । ट्रम्पकै पहलमा माइक्रोसफ्ट र वालमार्टको साझेदारीमा टिकटक किन्ने प्रयास असफल भएपछि ओराकल आगाडी आएको हो ।
प्रतिक्रिया