आइतबार, वैशाख ७, २०८२

बलिउड अभिनेता ऋतिकको ‘घरजस्तै’ कार

नेपालखोज २०७७ असोज ३ गते ७:५७

काठमाडौं । नामै काफी छ, ऋतिक रोशन । उनको जीवनशैली त अझ रोचक छ । कैयौं प्रशंसक ऋतिकको जीवनशैली झाँक्न उत्तिकै आतुर छन् । उनको घर होस वा गाडी। सबै एकसे एक छन्। त्यसो त, ऋतिक गाडीको सौखिनै हुन्।

उनले हालै आफ्ना मर्सिडिज कार मोडिफाइडु गरेका छन् । जुन, पहिलेभन्दा सानदार बन्न पुगेको छ। ऋतिकको मर्सिडिज डिसी-२ नामकले कम्पनीले कस्टमाइग्डु गरेको हो । उनले कारको तस्विर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । जहाँबाट प्रस्ट देखिन्छ, कारको भित्रि भाग कतिसम्म आली शान लाग्दछ। मर्सिडिज कस्टमाइज कम्पनीलाई परै एक महिना लाग्यो । यसपछि मात्र ऋतिकको कार कुनै चिटिक्क महलजस्तै देखिएको हो ।

कारका ‘बि क्लास’ भाग पूरै ‘मोडिफाइड’ गरिएको छ । जहाँ दोसो पंक्तिलाई ‘क्याप्टेन’ सिटको रुप दिइएको छ । तेस्रो पंक्ति सोफा सिट हो । यी दुई पंक्ति आमनेसामने छन् । होराइजेन्ट द आकारको सोफा सिटमा खाना सुविधा उपलब्ध छ। यो सिट एक बेडसरहकै आकारमा छ। कारको भित्रितर्फ ‘एम्बिएन्ट लाइटिङ’ र ‘रिडिड लाइट’ जडान गरिएको छ। भित्रि सजावटमा आकर्षक बत्ती जडित छन्।

छतमा एसी, रेफ्रिजरेटर र केन्द्रिय भागमाटबल छ। यद्यपि, कारका इन्जिनमा भने कुनै किसिमको परिवर्तन गरिएको छैन । यस अतिरिक्त गाडीमा ३२ इन्चको टेलिभिजन पनि छ। ऋतिकका शौख ध्यानमा राख्दै गाडीको सिटका रङ सेतो बनाइएको छ। राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया