कोरोना कहर : विश्वभर ३ करोड ९ लाखभन्दा बढीमा संक्रमण
नेपालखोज
२०७७ असोज ४ गते ७:१९
एजेन्सी । विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ८१ हजार ८१८ पुगेको छ ।
त्यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ ।
एकै दिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड २५ लाख ७० हजार ४६७ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।
सम्बन्धित
प्रतिक्रिया