चेन्नईसँग मुम्बई ५ विकेटले पराजित
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको पहिलो खेल गएराति भएको छ। अबुधावीमा भएको उक्त उद्घाटन खेलमा मुम्बइ इन्डियन्सलाई चेन्नइ सुपर किंग्सले पराजित गरेको छ । खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो ।
खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । खेलमा चेन्नईको लागि अम्बाती रायाडुले ७१ रन बनाएका थिए । उनले ४८ बलमा ६ चौका र ३ छक्का हानेका हुन् । फाप डु प्लेसिसले ५५ रन बनाए ।
बलिङ तर्फ मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स पाटिनसन, जसप्रित बुमराह, राहुल चाहर र क्रुनाल पाण्ड्याले १(१ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाएको थियो ।
मुम्बईका लागि सौरभ तिवारीले ४२, क्विनटन डी ककले ३३, केइरन पोलार्डले १८ रन जोडेका थिए । त्यस्तै खेलमा चेन्नईका लागि लुंगी एनगिडीले ३ विकेट र दीपक चाहर र रवीन्द्र जडेजाले २(२ विकेट लिएका थिए ।
प्रतिक्रिया