दुई बाख्रा प्रहरी हिरासतमा !
एजेन्सी । अपराध गर्नेलाई कानुनले दण्ड दिन्छ । अपराधको प्रकार हेरेर सजाय तोकिन्छ । मानिसले अपराध गरेर प्रहरीले प्रकाउ गरेको कुरा कुनै नौलो होइन । तर, भारतमा एउटा अनौठो घटना घटेको छ । भारतको तेलंगना राज्यमा दुई बाख्रालाई प्रहरीले हिरासतमा लिएको छ । बाख्राहरु अस्पताल परिसरको भर्खर रोपिएका बिरुवा खाएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् ।
रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए । उनीहरुले रोपेका बिरुवा बाख्राले खाईदिएको थियो। प्रहरीले बाख्रा मालिकसँग रु १६०० जरिवाना तिराएर बाख्रालाई छाडेको थियो । बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न प्रहरीले सुझाव दिएको छ ।
सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिए पछि उक्त संस्थाका कार्यकर्ताहरुले यस्तो जुक्ती लगाएका हुन् । भारतमा जनावरलाई प्रहरीले हिरासतमा लिन पाउन्न तर मान्छेलाई अफठ्यारो परेमा प्रहरीले जनावर मालिकलाई सम्झाउन सक्छ ।
प्रतिक्रिया