बुधबार, वैशाख १०, २०८२

बेलायतमा सेल्फ आइसोलेशन तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना

नेपालखोज २०७७ असोज ४ गते १८:५९

एजेन्सी । कोरोना संक्रमितको संख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्डसम्म जरिवाना तोक्ने भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले नयाँ व्यवस्था घोषणा गर्दै स्वास्थ्य मापदण्ड पालना नै रोगबाट बच्न अचुक उपाय भएको बताएका छन् ।

सेप्टेम्बर २८ यता कोरोना संक्रमित व्यक्ति र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । बेलायतमा कम आय श्रोत भएकालाई ५ सय पाउन्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ ।

प्रतिक्रिया