आइतबार, वैशाख ७, २०८२

दशैंलाई लक्षित गरि विभिन्न अटोमोबाइल कम्पनीको अफर सार्वजनिक

नेपालखोज २०७७ असोज ५ गते १४:१७

काठमाडौं । नेपालीहरुको महान चाँड दशैँलाई लक्षित गरेर विभिन्न अटोमोबाइल कम्पनीहरुले सधैको जस्तै यसपाली पनि दशैं अफर ल्याएको छ । यामाहाको नेपालको लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दशैं लक्षित गरेर मोटरसाइकल र स्कुटरमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत मोटरसाइकलका ग्राहकलाई ८ हजार र स्कुटरका ग्राहकलाई ६ हजारसम्म छुट दिने भएको छ । साथै, ६० प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत ब्याजदरसहित पुरानो मोटरसाइकल तथा स्कुटर एक्चेन्ज गर्दा १५ हजार छुट दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङले भने हालसम्म कुनै पनि अफर सार्वजनिक गरेको छैन । तर, केही दिन भित्रमा मोटरसाइकल तथा स्कुटरमा दशैंको विषेश अफर सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

टिभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले दशैं लक्षित ‘टिभिएस दशैंको आशा’ योजना सार्वजनिक गरेको छ ।

सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाईल्स प्रालिले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरूलाई स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने भएको छ । साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ । हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रही चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेकोे छ ।

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नेपालको महान चाडपर्व दशैंतिहार लक्षित ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूले ५ हजार डिस्काउन्ट रहेको छ ।

प्रतिक्रिया