आइतबार, वैशाख ७, २०८२

मतदाता परिचयपत्रमा कुकुरको तस्वीर

नेपालखोज २०७७ असोज ५ गते १४:५०

एजेन्सी । अहिले टेक्नोलोजीको जमाना छ । प्राय गरेर सबै प्रकारका काम विद्युतीय माध्ययबाट हुन्छ । यसैको कारण भारतमा एउटा अनौठो गल्ती भएको घटना बाहिरिएको छ । यो घटना केही समय अघिको भएता पनि सामाजिक सञ्जालमा भर्खरै भाइरल बनेको छ ।

भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा तस्वीर हुनुपर्ने ठाउँमा कुकुरको तस्वीर राखिएको छ । पश्चिम बंगालका नागरीक सुनिल करमाकर नाम गरेका ती व्यक्तिको मतदाता परिचय पत्रमा नाम, ठेगाना सबै सही राखिएपनि तस्वीर राख्नुपर्ने ठाउँमा भने कुकुरको तस्वीर राखिएको छ ।उनले यो कुराको पटक पटक जानकारी गराउँदा पनि निर्वाचन आयोगका कर्मचारीहरुले वास्ता गरेनन् ।

पटक पटक जानकारी गराउदा पनि वास्ता नगरेपछि आयोगका कर्मचारीहरुले जानीबुझी यस्तो गरेको उनको आरोप छ । ६४ वर्षीय उनी अहिले निर्वाचन आयोगविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारीमा छन ।

तर, यसबारेमा सोधपुछ गर्दा पहिले नै सो गल्ती सच्चाएको आयोगका अधिकारी दावी गर्छन ।

प्रतिक्रिया