सोमबार, वैशाख ८, २०८२

६.१२ अंक घटेर बन्द भयो सोमवारको शेयर बजार, २ अर्ब ६३ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज ५ गते १५:२५

काठमाडौं । सोमवार शेयर बजार ६ दशमलव १२ अंक घटेर बन्द भएको छ । केहि दिनदेखि बढेको बजारमा नाफा बुक गर्ने हाबी हुदाँ सोमवारको बजार प्रभावित भएको हो । यस दिन बजार १ हजार ५८७ दशमलव ८३ विन्दुदेखि खुला भएको थियो । कारोबार खुला भएको एक मिनेटमा १ हजार ५८७ दशमलव ९९ विन्दुमा पुगेको बजार त्यसपछि भने घटेर २२ मिनेटको कारोबारमा १ हजार ५६१ दशमलव ५० विन्दुमा झरेको थियो ।

सोमवार निकै उतारचढाबका विच २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । परिसूचकमा उतारचढाब आएपनि कारोबार रकमले भने बजारलाई साथ दिएको छ । यो दिन नेपाल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । नेपाल बैंकको २१ करोड ३८ लाख ८४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यो दिन ४९ कम्पनीको शेयरमूल्य बढेको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमध्य युनाइटेड फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

सोमवार लिवर्टी ईनर्जी कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आइतवारदेखि शेयर बजारमा कारोबार सुरु गरेको यस कम्पनीको शेयरमूल्य निरन्तर १० प्रतिशतले घटेको हो । दुई दिनको नकारात्मक प्रभावपछि लिवर्टीको शेयरमूल्य २४३ रूपैयाँ कायम भएको छ । यस कम्पनीको पहिलो कारोबार ३०० रूपैयाँबाट भएको हो ।

सोमवार कारोबार बन्द हुँदा उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ । यो दिन सर्वाधिक होटल समूहको १ दशमलव ८२ प्रतिशत, व्यापारिक समूहको १ दशमलव शून्य ८ प्रतिशत र वित्त समूहको १ दशमलव २५ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया