कोरोना कहर : विश्वभर संक्रमितको संख्या ३ करोड १४ लाख नाघ्यो
नेपालखोज
२०७७ असोज ६ गते ७:०९
एजेन्सी । विश्वभर कोरोनाभाइरसबाट संक्रमितको हुनेको संख्या ३ करोड १४ लाख ७२ हजार नाघेको छ । त्यस्तै निको हुनेको संख्या २ करोड ३० लाख ९७ हजार नाघेको वर्ल्डोमिटर्सले जनाएको छ ।
हालसम्म कोरोनाबाट विश्वभर ९ लाख ६८ हजार ९ सय बढीको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म सबैभन्दा बढी प्रभाव अमेरिकामा रहेको छ भने त्यसपछि भारतमा देखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया