मंगलवार दुई घण्टामा १ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक ९.८५ अंक घट्यो
काठमाडौं । मंगलवार घटिरहेको बजारमा दुई घण्टामा १ अर्ब १६ करोड ९८ लाख ३५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १९५ कम्पनीको उक्त रकम बराबरको ३३ लाख ७६ हजार ५८४ कित्ता शेयर कारोबार भएको हो । कुल कारोबारमा शिखर इन्स्योरेन्सको सर्वाधिक हिस्सा रहेको छ । दुई घण्टामा शिखर इन्स्योरेन्सको २० करोड ८६ लाख ८७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
मंगलवार १ हजार ५७६ दशमलव ५५ विन्दुदेखि खुलेको बजार १ हजार ५७७ दशमलव २० विन्दुसम्म पुगेको थियो भने १ हजार ५५५ दशमलव ६८ विन्दुसम्म झरेको थियो । दुई घण्टाको कारोबारमा ९ दशमलव ८५ अंक घटेर बजार १ हजार ५५९ दशमलव २१ विन्दुमा झरेको छ । मंगलवार पनि विक्री चापको प्रभावमा बजार परेको हो ।
यस अवधिमा व्यापारिक समूहको १ दशमलव ५१ प्रतिशत र वित्त समूहको शून्य दशमलव ३४ प्रतिशतले परिसूचक बढेको छ । कारोबारमा आएका १२ समूहमध्य बाँकी समूहको परिसूचक घटेको हो ।
प्रतिक्रिया