अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुन्छ : राष्ट्रपति ट्रम्प
नेपालखोज
२०७७ असोज ६ गते १९:३८
एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने राष्ट्रपति ट्रम्पले बताएका छन् । स्वर्गीय रुथ बेडर गिन्सबर्गको खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने ट्रम्पले बताएका छन् ।
अमेरिकी समाचार संस्था फक्स न्यूजसँग हिजो भएकोे कुराकानीमा ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने भन्दै शुक्रबार वा शनिबारसम्म मनोनयनको घोषणा गर्ने बताएका छन् ।
रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटलाई नोभेम्बर ३ भित्र सर्वोच्चमा आफ्ना उम्मेद्वारलाई पक्का गर्न पनि ट्रम्पले आह्वान गरेका छन् ।
अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्ने भएकाले यसका लागि प्रशस्त समय रहको पनि ट्रम्पले उल्लेख गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया