पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमण मुक्त
नेपालखोज
२०७७ असोज ६ गते १९:५२
काठमाडौं । पछिल्लो २४ घण्टामा ८२३ जना नोभेल कोरोना भाइरस संक्रमित संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म ४८ हजार ६१ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । देशभर थप एक हजार ३५६ संक्रमित फेला परेकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया