समुन्द्रबाट पौडिएरै अष्ट्रेलिया जान खोजे यी युवा…
एजेन्सी । संसारमा जति पनि देशहरु छन् ती मध्य अमेरीका, अस्ट्रेलिया र जापान जस्ता देशहरु विकसित राष्ट्र हुन् । यी देशमा सेवा सुविधा, रोजगारको राम्रो व्यवस्था, मेहनतको कदर हुने भएका कारण मानिसहरु त्यहाँ जान मरिहत्ते गर्छन । हाम्रो जस्तो विकासोन्मुख देशको लागि त सपनाको राष्ट्र हुन् यी देशहरु । लाखौं खर्च गरेर, घर बारी बेचेर, ऋणुमा टुप्पी डुबाएर पनि हामी यी देश जान पछि हट्दैनौं ।
सायद यीनै कुराको लोभले गर्दा होला एक युबक समुन्द्रबाट पौडिएरै अष्ट्रेलिया जान हिडेका थिए । अल्जेरियाका ती व्यक्तिले पूर्वी तमोरबाट पौडिएर अष्ट्रेलिया जाने निर्णय गरेका थिए । ती व्यक्तिकाे आफ्नो भिषाको मिती सकिएपछि उनले समुन्द्रबाट पौडिएर अष्ट्रेलिया जाने निर्णय गरेका हुन् । तर पौडी खेलेर ५ सय ७० किलोमिटर लामो समुन्द्र तरेर अष्ट्रेलिया जानु मानिसको लागि सम्भवको कुरा होइन ।
११ जनवरी सन् २०२० मा उनले समुन्द्र तरेर अष्ट्रेलिया जाने निर्णय गरेका थिए । उनले यात्रा सुरूपनि गरे तर उनी धेरै समय समुन्द्रमा तैरिन सकेनन् र डुब्न पुगे । उनलाई त्यहाँ रहेका एक माझीले बँचाउन सफल भए । स्थानिय मिडियाकाे अनुसार अल्जेरियामा बस्ने हमी नौम्ना अब्दुल रहमानले आफ्नो भिषाको मिती सकिएका कारण समुन्द्रबाट तरेर अष्ट्रेलिया जान हिडेका हुन्।
प्रतिक्रिया