सोमबार, वैशाख ८, २०८२

बुधबार ९.३७ अंक बढेर बन्द भयो शेयर बजार, १ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज ७ गते १५:४५

काठमाडौं । बुधबार शेयर बजार ९ दशमलव ३७ अंक बढेको छ । मंगलबार २२ दशमलव ९१ अंक घटेर १ हजार ५४६ दशमलव १५ विन्दुमा बन्द भएको बजार बुधबार १ हजार ५५५ दशमलव ५२ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार १ हजार ५४३ दशमलव ३७ विन्दुदेखि खुला भएको बजार १ हजार ५३४ दशमलव ७१ विन्दुसम्म झरेको थियो ।

सोमबारदेखि घटेको बजार बुधवार भने बढेको हो । यस दिन १९४ कम्पनीको १ अर्ब ७२ करोड ७८ लाख २१ हजार रूपैयाँ बराबरको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ । यो दिन कारोबारको अन्त्यमा होटल समूहको परिसूचक १ दशमलव ३६ प्रतिशत घटेको छ भने ११ समूहको बढेको छ ।

सर्वाधिक जलविद्युत समूहको परिसूचक २ दशमलव ८ प्रतिशत बढेको छ । त्यस्तै वित्त समूहको परिसूचक १ दशमलव ६४ प्रतिशत, विकास बैंकको १ दशमलव २६ प्रतिशत, बैंकिङ्को शून्य दशमलव १५ प्रतिशत, व्यापारिक समूहको शून्य दशमलव ५६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७६ प्रतिशत, अन्यको शून्य दशमलव ७४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ९८ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २४ प्रतिशत परिसूचक बढेको छ ।

मंगलबार पनि सर्वाधिक कारोबार गरेको शिखर इन्स्योरेन्सले बुधबार पनि १० करोड ८५ लाख ९८ हजार रूपैयाँ बराबरको सर्वाधिक कारोबार गरेको छ । बुधबार सर्वाधिक शेयरमूल्य जलविद्युत कम्पनीहरुको बढेको छ । जलविद्युत कम्पनीहरुमध्य पनि अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ९ दशमलव ७६ प्रतिशत, माउण्टेन हाइड्रो नेपाल लिमिटेडको ९ दशमलव ७१ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ४५ प्रतिशत, युनियन हाइड्रोपावर लिमिटेडको ९ दशमलव ३० प्रतिशत र दिव्यश्वरी हाइड्रोको ९ दशमलव २१ प्रतिशत शेयरमूल्य बढेको छ । यो दिन गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक ३ दशमलव ५७ प्रतिशत घटेको छ । केहि दिन बढेको बजारबाट लगानीकर्ताहरुले सोमवारदेखि बुधवार दिउसोसम्म नाफा बुक गरेका छन् । कोरोनाका कारण अन्य क्षेत्र अस्तव्यस्थ बनिरहदा शेयर बजारले भने गति लिएको थियो । अहिले अन्य व्यसायिक क्षेत्रपनि क्रमिक रुपमा सञ्चालनमा आउन थालेसँगै यो क्षेत्रमा नाफा बुक गर्ने प्रबृत्ति हाबी भएको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया