कोरोना अपडेट : पछिल्लो २४ घन्टामा १८९३ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा ४९ हजार ९ सय ५४ जना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म प्रदेश १ –४ हजार ५ सय १६ जना, प्रदेश २– १२ हजार ७ सय ६० जना, बाग्मती प्रदेशमा –११ हजार ८ सय १२ जना, गण्डकी प्रदेशमा –२ हजार ९ सय ४१ जना, प्रदेश ५मा –७ हजार ७ सय ७५ जना, कर्णाली प्रदेशमा –२ हजार ७ सय ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ६८ जनाले कोरोनालाई जितेका छन् ।
नेपालमा कोरोना संक्रमित शुन्य रहेका ६ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमित शुन्य रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आजका ७ सहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ३६ पुगेको छ ।
प्रतिक्रिया