सोमबार, वैशाख ८, २०८२

सबै उमेर समूहको प्रतियोगिता रद्द गर्ने साफको निर्णय

नेपालखोज २०७७ असोज ७ गते १९:२१

एजेन्सी । सन् २०२० मा तय भएको साफको उमेर समूहको सबै प्रतियोगिता रद्द भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज उमेर समूहको सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

सन् २०२० मा मुख्य तीन प्रतियोगिता आयोजना हुने तय थियो । जसमा साफ यू–१५ च्याम्पियनसिप, साफ यू–१५ वुमन्स च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिप रहेको थियो ।

तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता रद्द गरिएको छ । साफको भर्चुअल बैठकले साफ क्षेत्रको वर्तमान अवस्थाको मुल्यांकन गर्दै र सदस्य संघसँगको छलफलपछि रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

यस अघि साफले बंगलादेशमा तय भएको पुरुषको साफ च्याम्पियनसिप समेत स्थगित गरेको थियो ।

प्रतिक्रिया