प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा असोज २९ गते
नेपालखोज
२०७७ असोज ७ गते २०:२१
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा असोज २९ गते काठमाडौं म्यारिट होटल, नक्सालमा हुने भएको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने रहेको छ ।
साथै, आव २०७५र७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७६र७७ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया