बिहिबार एक घण्टामा ३.६१ अंक बढ्यो बजार, २७ करोडभन्दा बढीको कारोबार
असोज ८, काठमाडौं । बिहिबार एक घण्टाको कारोबारमा शेयर बजार ३ दशमलव ६१ अंक बढेको छ । यो अवधिसम्म नेप्से परिसूचक १ हजार ५५९ दशमलव १३ विन्दुमा पुगेको हो । परिसूचक सँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९२ अंक बढेर ३०९ दशमलव २६ विन्दुमा पुगेको छ ।
एक घण्टामा बिहिबार २७ करोड ८७ लाख २६ हजार रूपैयाँ बराबरको १३ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ । यस अवधिसम्म कुल कारोबारमा सर्वाधिक हिस्सा अरुण कावेली पावरको रहेको छ । अरुण कावेली पावरको एक घण्टामा ५ करोड ५४ लाख ९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
यस दिन युनाइटेड फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ भने मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ३ दशमलव २८ प्रतिशतले घटेको छ । बिहिबार एक घण्टाको कारोबारमा जलविद्युत समूहको सर्वाधिक ३ दशमलव ७२ प्रतिशतले परिसूचक बढेको छ । त्यस्तै होटल समूहको १ दशमलव ८३ प्रतिशत, वित्त समूहको १ दशमलव १४ प्रतिशत र अन्यको शून्य दशमलव ३२ प्रतिशत परिसूचक बढेको छ ।
यो दिन एक घण्टाको कारोबारमा बैंकिङको शून्य दशमलव शून्य ७ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ३७ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत परिसूचक घटेको छ । जलविद्युत समूहको परिसूचक भने यो अवधिसम्म स्थिर रहेको छ ।
प्रतिक्रिया