राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ । राष्ट्र बैक राष्ट्र ऋण व्यवस्थापन बिभागका अनुसार भोलि बिहिबार अपरान्ह ३ बजेसम्ममा बोलकबोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
परिपक्व हुुने अवधि २८ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०७७ कात्र्तिक छ गते तोकिएको छ । राष्ट्र« बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो । खरिदकर्ताहरुले घटीमा एक करोड र बढीमा एक करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् ।
यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया