तेस्रो घण्टामा १५५८.२१ विन्दुमा नेप्से, १ अर्ब १७ करोडभन्दा बढीको कारोबार
काठमाडौं । बिहीबार तेस्रो घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक १ हजार ५५८ दशमलव २१ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक २ दशमलव ६९ अंक बढेको हो । ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स स्थिर रहि ३०८ दशमलव ९२ विन्दुमा रहेको छ ।
तेस्रो घण्टामा १९२ कम्पनीको १ अर्ब १७ करोड ७८ लाख ३९ हजार रूपैयाँ बराबरको ५१ लाख ७७ हजार ३३८ कित्ता शेयर कारोबार भएको छ । यो अवधिमा पनि सर्वाधिक कारोबार अरुण कावेली पावरकै भएको छ । तेस्रो घण्टाको कारोबार अवधिसम्म अरुण कावेली पावरको १० करोड ३० लाख ८१ हजार रूपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।
यस अवधिसम्म जलविद्युत समूहकै परिसूचक सर्वाधिक ३ दशमलव ७८ प्रतिशत बढेको छ । त्यस्तै व्यापारिक समूहको १ दशमलव ५८ प्रतिशत, होटलको १ दशमलव ४३ प्रतिशत, वित्तको शून्य दशमलव ७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८ प्रतिशत र अन्यको शून्य दशमलव ४५ प्रतिशत परिसूचक बढेको छ । बाँकी ६ समूहको परिसूचक घटेकोमा सर्वाधिक निर्जीवन बीमा समूहको शून्य दशमलव ५६ प्रतिशत घटेको हो ।
प्रतिक्रिया