सोमबार, वैशाख ८, २०८२

अबदेखि बाह्रै महिना न्यूनतम पुँजीकोष कायम नभएका लघुवित्तले लाभांश वितरण गर्न नपाउने

नेपालखोज २०७७ असोज ९ गते ९:२५

काठमाडौं । अब बाह्रै महिना न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन संशोधन गरी बाह्रै महिना पुँजीकोष कायम नभएका लघुवित्तलाई लाभांश वितरणमा रोक लगाएको हो । यसअघि वर्षको अन्त्यमा तोकिएको न्यूनतम पुँजीकोष पुर्याएकाले पनि लाभांश वितरण गर्न पाउँदथे ।

केन्द्रीय बैंकका अनुसार अब आर्थिक वर्षको अन्त्यमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा मात्र नगद लाभांश तथा बोनस सेयर वितरण गर्न पाइनेछैन् ।

यसअघि आर्थिक वर्षको अन्त्यमा वाह्य लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा राष्ट्र बैंकको स्वीकृति लिई बोनस सेयर वितरण गर्न सकिने व्यवस्था थियो ।

प्रतिक्रिया