बैंक र होटल व्यवसायी महासंघबीच सम्झौता, देशभरका होटल व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा
नेपालखोज
२०७७ असोज ९ गते ९:५८
काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार महासंघसँंग आबद्ध देशभरका होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरल बैकिङ कारोबारको पहुँचभित्र ल्याउने समझदारी भएको छ ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया