राष्ट्र बैंकले कार्तिक मसान्तसम्म ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक बर्षको प्रथम चौमास अर्थात आगामी कात्र्तिक मसान्तसम्ममा ५७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आज शुुत्रबार चालु आर्थिक बर्षको आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे आगामी कात्र्तिक मसान्तसम्ममा बिभिन्न किसिमका मौद्रिक उपकरणहरु बिक्री गरी उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागेको जानकारी दिएको हो ।
यसरी उठाईने कुुल आन्तरिक ऋण मध्येमा सात अर्ब रुपैयाँ बराबरको टे«जरी बिल र ५० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सो मध्ये तीन सय ६४ दिने अवधिको तीन अर्ब र चार अर्ब रुपैयाँ बराबरको दुुई वटा टे«जरी बिल रहेको छ । बिकास ऋणपत्र अन्र्तगत भने नौ बर्षे अवधिको २० अर्ब, सात बर्षे अवधिको १० अर्ब र १० बर्षे अवधिको २० अर्ब रुपैयाँको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ऋणपत्रहरु आगामी कात्र्तिक मसान्तसम्ममा बिक्री गरिने छ ।
२० अर्ब रुपैयाँको बिकास ऋणपत्र आईतबार
यसैबिच नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको बिकास ऋणपत्र भने आईतबार नै जारी गर्ने भएको छ । पुर्वनिधारित निष्काशन तालिका अनुसार आईतबार नौ बर्षे अवधिको बिकास ऋणपत्र २०८६ घ बिक्री गर्न लागिएको हो । ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आईतबार अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।
अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुुने अवधि वि.सं. २०८६ असोज १२ गते रहेको छ । खरिदकर्ताहरुलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा छुट्याइएको यो ऋणपत्र प्रतिस्पर्धी समूहलाई कुुल निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १७ अर्ब रुपैयाँ छुुट्याएको छ । बाँकी रहेको १५ प्रतिशत अर्थात् तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र भने अप्रतिस्पर्धी समूहलाई बिक्री गरिनेछ ।
खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नुपर्नेछ । ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुुने छ ।
प्रतिक्रिया