कोरोना खोप : सन् २०२१ को सुरुमा आउने चिनियाँ कम्पनीको दावी
एजेन्सी । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा वितरण गरिने जनाएको छ ।
सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्त राज्य अमेरिकामा सिनोभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष आवेदन दिइने बताएका छ् । यीनले आफूले व्यक्तिगत रुपमा पनि सिनोभ्याक लगाइसकेको बताएका छन् ।
चीनमा सरकारी स्वामित्वको समेत चार वटा कम्पनीले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका छन्, जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनो फार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ ।
सिनोभ्याकले जोखिम रहेका बालबालिका र वृद्धवृद्धाका लागि कोरोना भ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ । यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताएका छन् ।
प्रतिक्रिया