सोमबार, वैशाख ८, २०८२

आइपिएल : कप्तान विराट कोहलीलाई जरिवाना

नेपालखोज २०७७ असोज ९ गते १९:४३

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ ।

आईपीएल अन्तर्गत गएराति किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा ’स्लो ओभर’ गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।

आईपीएलले कोहलीलाई १२ लाख भारु जरिवाना गरेको छ । पन्जाबविरुद्धको खेलमा बैंगलोर ९७ रनले पराजित भएको थियो । उक्त खेलमा कप्तान कोहलीले दुई वटा क्याच मिस गरेका थिए ।

कोहलीले केएल राहुलको दुई क्याच मिस गरेपछि पन्जाबले २ सय ६ रनको फराकिलो योगफल तयार गरेको थियो । राहुलले बैंगलोरविरुद्ध अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेलेका थिए ।

प्रतिक्रिया