कोरोना कहर : एकैदिन थपिए ३ लाख १७ हजार बढी संक्रमित
एजेन्सी । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण विश्वमा ३ करोड २७ लाख ५१ हजार ५१ जनामा पुष्टि भएको छ । बितेको २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् ।
शनिबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ । एकैदिन ५ हजार ८०८ संक्रमित थपिएका छन् । अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय संक्रमण छ । संक्रमित ६३ हजार ७१७ को अवस्था गम्भीर छन् ।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ । अहिलेसम्म २ लाख ८ हजार ४४०ले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमित भारतमा अहिलेसम्म कुल संख्या ५९ लाख एक हजार ५७१ पुगेको छ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ८५ हजार ४६८ नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै एक हजार ९३ जनाको मृत्यु भएको छ। भारतमा कोरोना पुष्टि भएकाहरूमध्ये अहिलेसम्म ९३ हजार ४१० जनाको मृत्यु भइसकेको छ। ४८ लाख ४६ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। त्यहाँ अहिले सक्रिय केस ९ लाख ६१ हजार ९९३ छ। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
प्रतिक्रिया