युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २७ जनाको शव फेला, दुईको उद्धार
नेपालखोज
२०७७ असोज १० गते ८:५५
एजेन्सी । युक्रेनमा सैनिक विमान दुर्घटना भएको छ । सैनिक जवान लिएर प्रशिक्षण उडान गर्दै गरेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।
प्रशिक्षण उडानमा रहेको एन्टोनोभ-२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको हो । दुर्घटनामा परेरर ज्यान गुमाएका २२ जनाको शव भेटिएको छ ।प्रशिक्षणका लागि उडेको उक्त विमानमा चालक दलका सदस्यसहित २७ जना थिए ।
विमानमा सवारमध्ये २२ जनाको शव भेटिएको हो । दुई सैनिक जवानको उद्धार भएको छ । अझै तीन जना हराइरहेको समाचारमाा उल्लेख गरिएको छ । बेपत्ताको खोजी भइरहेको छ । विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया