सोमबार, वैशाख ८, २०८२

आइपिएल २०२० : आज कोलकत्ता र हैदराबाद भिड्दै

नेपालखोज २०७७ असोज १० गते १५:३०

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा कोलकत्ता र हैदराबाद आफ्नो दोस्रो खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र हैदराबादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यता, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद पनि पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया