बुधबार, वैशाख १०, २०८२

किमलाई भेट्ने जापानका प्रधानमन्त्रीको इच्छा

नेपालखोज २०७७ असोज १० गते २०:०३

एजेन्सी । जापानका नवनिर्वाचित प्रधानमन्त्री योशि हिदे सुगाले उत्तर कोरियाली नेता किम जोंग उनसँग भेट्ने इच्छा देखाएका छन् । संयुक्त राष्ट्रसंघमा जापानको प्रधानमन्त्रीको रुपमा सहभागी भएका सुगाले यस्तो बताएका हुन् ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले आफ्नो कार्यकालमा उत्तर कोरियासँग आफ्ना नागरिकको अपहरणको मुद्दा र उत्तर कोरियाली परमाणु हतियार कार्यक्रमका सम्बन्धमा विवाद समाधान गर्ने प्रयास गरेका थिए तर यो पूरा हुन नपाउँदै स्वास्थ्य अवस्थाका कारण उनले राजीनामा दिएका थिए ।

सुगाले जापान र उत्तर कोरिया बीच रचनात्मक सम्बन्ध स्थापित गर्दा यसले २ देशका कैयौं मुद्दाको हल निस्किने मात्र नभइ क्षेत्रीय शान्ति र स्थिरतामा पनि यसको योगदान हुने बताएका छन् ।

प्रतिक्रिया