सोमबार, वैशाख ८, २०८२

नेपालमा एटिएम काउन्टर संख्या चार हजार एक सय

नेपालखोज २०७७ असोज १० गते २०:५५

काठमाडौं । नेपाली बैंकिङ क्षेत्र थप प्रविधिमैत्री बन्दै जाँदा एटिएम काउन्टरको संख्या पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैकका अनुसार चालुु आर्थिक बर्षको साउन मसान्तसम्ममा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको एटिएम काउन्टरको संख्या चार हजार एक सय छ वटा पुुगेको छ ।

उक्त एटिएम काउन्टर २६ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा बिकास बैंक र २१ वटा फाईनान्स कम्पनी सहित कुुल ६७ वटा संस्थाहरुको हो, राष्ट्र बैंकले भनेको छ । सञ्चालनमा रहेका कुुल एटिएम काउन्टर मध्ये बाँणिज्य बैंकहरुको मात्र तीन हजार सात सय ५९ वटा रहेकाछन ।

यि बाहेक बिकास बैंकहरुको दुुई हजार सय ९६ र फाईनान्स कम्पनीहरुको ५१ वटा एटिएम काउन्टरहरु सञ्चालनमा रहेकाछन । नेपाल राष्ट्र बैकले मर्जर तथा प्राप्ती सम्वन्धी नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउँदा धेरै वटा बिकास बैंक र फाईनान्स कम्पनीहरु मर्जर तथा प्राप्तीमा सामेल भएकाकारण पनि बाँणिज्य बैंकहरुको तुुलनामा बिकास बैंक र फाईनान्स कम्पनीहरुमा एटिएम काउन्टरको संख्या कम भएको हो ।

राष्ट्र बैंकले पछिल्लो समय एउटा बैंकको एटिएम काउन्टरमा अर्को बैंकको एटीएम कार्ड प्रयोग गरी रकम निकाल्दा कुुनैपनि शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएपछि पछिल्लो समय नयाँ एटिएम काउन्टर खोल्ने क्रममा केही कमी आएको छ ।

राष्ट्र बैकका अनुसार चालुु आर्थिक बर्षको साउन मसान्तसम्ममा बैंकिङ क्षेत्रमा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने ७३ लाख २९ हजार दुुई सय दुुई पुगेको छ । यसअवधिमा बाँणिज्य बैंकतर्फ ७० लाख ६२ हजार चार सय ७२, बिकास बैैकतर्फ दुुई लाख ३१ हजार दुई सय ८७ र फाईनान्सतर्फ ३५ हजार चार सय ४३ डेविट कार्ड प्रयोगकर्ताहरु रहेकाछन । क्रेडिट कार्डतर्फ भने बाँणिज्य बैकहरुमा मात्र एक लाख ६० हजार दुुई सय ९७ कार्ड प्रयोगकर्ताहरु रहेकाछन ।

यसैगरी प्रिपेड कार्डतर्फ पनि बाँणिज्य बैंकहरुमा मात्र ६३ हजार सात सय ७५ कार्ड प्रयोगकर्ताहरु रहेकाछन । बिकास बैंक र फाईनान्स कम्पनीहरुमा भने क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताहरुको संख्या शुन्य रहेको छ ।

बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका एटिएम काउन्टर तथ कार्ड प्रयोगकर्ताहरु (संख्याम)
बिवरण बाँणिज्य बैंक बिकास बैक फाईनान्स कुुल
एटिएम संख्या ३७५९ २९६ ५१ ४१०६
डेबिट कार्ड ७०६२४७२ २३१२८७ ३५४४३ ७३२९२०३
क्रेडिट कार्ड १६०२९७ ० ० १६०२९७
प्रिपेड कार्ड ६३७७५ ० ० ६३७७५
(श्रोत नेपाल राष्ट्र बैंक रिर्पोेट २०७७ साउन मसान्त)

प्रतिक्रिया