कोरोना अपडेट: भारतमा मृत्यु हुनेको संख्या ९४ हजार ५ सय नाघ्यो
एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ८८ हजार २९९ कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सका अनुसार यो अवधिमा थप पाँच हजार १९२ जनाको मृत्यु भएको छ।
हालसम्म विश्वभर कूल संक्रमित संख्या तीन करोड ३० लाख ४० हजार ७१६ रहेको छ। तीमध्ये नौ लाख ९८ हजार १७१ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म दुई करोड ४३ लाख ९४ हजार ४८४ जना संक्रमणमुक्त भएका छन्। हाल विश्वभर ७६ लाख ४८ हजार ६१ सक्रिय संक्रमितमध्ये ६५ हजार ३७१ गम्भीर बिरामी छन्।
सबैभन्दा बढी अमेरिकामा दुई लाख नौ हजार १७७ जनाको मृत्यु भएको छ भने त्यसपछि ब्राजिलमा एक लाख ४१ हजार ४४१ जनाले ज्यान गुमाएका छन्।
छिमेकी देश भारतमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ८८ हजार ९४२ संक्रमित थपिएका छन्।
पछिल्लो समय भारतमा दैनिक एक हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो २४ घण्टामा एक हजार १२३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। भारतमा कोभिड(१९ बाट मृत्यु हुनेको संख्या ९४ हजार ५३३ पुगेको छ।
प्रतिक्रिया