सिरी ए फुटबल : इन्टर मिलानको विजयी सुरुआत
एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुआवात गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनोलाई ४–३ ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको हो ।
खेलमा सुरुआती अग्रता भने पाहुना टोली फिओरेन्टिनोले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन कोउआमेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
५२ औं मिनेटमा फिओरेन्टिनोका फेडेरिको केचेरिनीले आत्मघाती गोल गर्दै खेल मिलानलाई २–१ को अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै गेटानो कास्ट्रेभिलिले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ६३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै फिओरेन्टिनोलाई पुनः ३–२ को अग्रता दिलाए ।
८७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए । त्यसको दुई मिनेट नबित्दै डानिलो डि अम्ब्रोसियोले गोल गर्दै मिलानलाई ४–३ को जित दिलाए । जितसँगै मिलानले लिगमा एक खेल खेलेर तीन अंक जोडेको छ । दुई खेल खेलेको फिओरेन्टिनोको भने एक खेलमा जित र एकमा हारसहित तीन अंक छ ।
प्रतिक्रिया