सोमबार, वैशाख ८, २०८२

प्रिमियर लिग फुटबलमा : चेल्सी बराबरीमा रोकियो

नेपालखोज २०७७ असोज ११ गते ७:३१

एजेन्सी । नव प्रवेशी क्लब वेस्ट ब्रोमसँग चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको प्रिमियर लिग फुटबलमा चेल्सी वेस्ट ब्रोमसँग ३–३ को बराबरीमा रोकिएको हो ।

वेस्ट ब्रोमको घरेलु मैदान द हावथोन्र्समा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सीसँग अंक बाढ्न बाध्य भएको हो । घरेलु टोलीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

खेलको चौथो मिनेटमा कालुम रोबिन्सनले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । उनले माथ्युस पेरेइराको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा रोबिन्सनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेट नबित्दै किले बार्टलेले गोल गरे । उनले डर्नेल फुर्लोङको पासमा गोल गर्दै वेस्ट ब्रोमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

तर, दोस्रो हाफमा पुनरागमन गर्दै चेल्सीले खेल बराबरीमा ल्यायो । ५५ औं मिनेटमा मोसन माउन्टले अज्पिलिकुइटाको पासमा गोल गर्दै खेल ३–१ को स्थितीमा ल्याए । बरारबीसँगै चेल्सीले तीन खेलबाट चार अंक जोडेको छ । यता वेस्ट ब्रोमले भने लिगमा एक अंक जोडेको छ ।

प्रतिक्रिया