आइतबार एक घण्टामा ४८ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक ७.४३ अंक माथी
काठमाडौं । आइतबार शेयर बजार बढ्ने क्रममा रहेको छ । १ हजार ५६९ दशमलव शून्य ६ विन्दुदेखि खुलेको बजार एक घण्टाको कारोबारमा १ हजार ५६८ दशमलव ६९ विन्दुमा पुगेको हो । यो अवधिमा अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा परिसूचक ७ दशमलव ४३ अंक माथी उक्लिएको हो । बिहीबार बजार १ हजार ५६१ दशमलव २७ विन्दुमा बन्द भएको थियो ।
आइतबार एक घण्टामा १७७ कम्पनीको ४८ करोड ९८ लाख ६९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा यी कम्पनीहरुको ९ हजार २९७ पटकको व्यापारमा २२ लाख २७ हजार ५८२ कित्ता शेयर खरिद विक्री भएको छ । यस अवधिसम्म सर्वाधिक कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ । यस कम्पनीको एक घण्टामा रू २ करोड ७० लाख ४९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
एक घण्टाको कारोबारमा खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ६८ प्रतिशत बढेको छ भने आईएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयरमूल्य सर्वाधिक ३ दशमलव ८० प्रतिशतले घटेको छ । यो अवधिमा कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको परिसूचक स्थिर रहेको छ । एक घण्टामा सर्वाधिक होटल समूहको २ दशमलव ९५ प्रतिशत, वित्त समूूहको २ दशमलव ४८ प्रतिशत र जलविद्युत समूहको १ दशमलव ५९ प्रतिशत परिसूचक बढेको छ । एक घण्टामा निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य १ प्रतिशत, लघुवित्त शून्य दशमलव १ प्रतिशत र म्युचुअल फण्ड समूह शून्य दशमलव २८ प्रतिशत घटेको छ ।
प्रतिक्रिया