दुई घण्टाको कारोबारमा १ हजार ५६४ दशमलव ३३ विन्दुमा नेप्से, १ अर्बभन्दा बढीको शेयर कारोबार हुदाँ कुमारी बैंकको सबैभन्दा बढी
काठमाडौं । आइतबार दुई घण्टाको कारोबारमा नेप्से परिसूचक ३ दशमलव शून्य ७ अंकले बढेर १ हजार ५६४ दशमलव ३३ विन्दुमा पुगेको छ । यो अवधिसम्म ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४३ अंक बढेर ३०९ दशमलव ९९ विन्दुमा पुगेको छ ।
यस अवधिसम्म १८५ कम्पनीको १९ हजार १५७ पटकको व्यापारमा १ अर्ब ३ करोड २६ लाख रूपैयाँ बराबरको ४७ लाख ३८ हजार ५२२ कित्ता शेयर कारोबार भएको छ । यस दिन दुई घण्टामा कुमारी बैंकको सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको हो । कुमारी बैंकको दुई घण्टामा रू. ६ करोड ४ लाख ६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
यो अवधिमा बैंकिङ समूह शून्य दशमलव २८ प्रतिशत, व्यापारिक समूह १ दशमलव १९ प्रतिशत, होटल १ दशमलव ९९ प्रतिशत, विकास बैंक शून्य दशमलव ४८ प्रतिशत, वित्त १ दशमलव ७ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने बाँकी समूह घटेको छ ।
दुई घण्टाको कारोबार अवधिसम्म भने पञ्चकन्यामाई हाइड्रोका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यस अवधिसम्म पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतसम्म बढेर कारोबार भईरहेको छ ।
प्रतिक्रिया