सोमबार, वैशाख ८, २०८२

तेस्रो घण्टामा ७.७८ अंक बढ्यो नेप्से, २ अर्ब भन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज ११ गते १४:२८

काठमाडौं । आइतबार तेस्रो घण्टाको कारोबार अवधिसम्म शेयर बजार ७ दशमलव ७८ अंक बढेर १ हजार ५६९ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यो अवधिसम्म सेन्सेटिभ इन्डेक्स १ दशमलव शून्य ७ अंक बढेर ३१० दशमलव ६४ विन्दुमा पुगेको छ ।

तेस्रो घण्टामा आइतबार २ अर्ब ७ करोड ४ लाख ६९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १८६ कम्पनीको २७ हजार ६४८ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५७ लाख ७८ हजार २९३ कित्ता शेयर कारोबार भएको छ । तेस्रो घण्टामा कारोबारमा आएका १२ समूहमध्य होटल समूहको परिसूचक सर्वाधिक ४ दशमलव १ प्रतिशत बढेको छ । यो अवधिसम्म बैंकिङ समूहको शून्य दशमलव ९ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४५ प्रतिशत, वित्त समूहको १ दशमलव ६१ प्रतिशत, अन्यको शून्य दशमलव ३४ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ ।

यो अवधिसम्म व्यापारिक समूहको परिसूचक स्थिर रहेको छ भने निर्जीवन बीमा समूहको शून्य दशमलव ३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४२ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५२ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ४१ प्रतिशत घटेको छ ।

प्रतिक्रिया