मंगलबार, वैशाख ९, २०८२

कोरोना अपडेट : थप ८ सय ८५ जना संक्रमण मुक्त, संक्रमण जित्नेको कुल ५३ हजार ८ सय ९८

नेपालखोज २०७७ असोज ११ गते १७:११

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना मुक्त भएर ८ सय ८५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । हाल नेपालमा ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण गर्दा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १५ सय ७३ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको जानकारी दिए ।

त्यस्तै गएको २४ घण्टामा थप १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया