सोमबार एक घण्टामा १.५० अंक बढेको शेयर बजारमा ३६ करोडभन्दा बढीको कारोबार
काठमाडौं । सोमबार शेयर बजार एक घण्टाको कारोबार अवधिसम्म १ दशमलव ५० अंक बढेर १ हजार ५६७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यस अवधिसम्म सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४६ प्रतिशत बढेर ३१० दशमलव ९३ विन्दुमा पुगेको छ ।
सोमबार १ हजार ५६६ दशमलव ४४ विन्दुदेखि खुलेको बजार एक घण्टाको कारोबारमा १ हजार ५६९ दशमलव ३१ विन्दुसम्म पुगेको थियो । यो अवधिसम्म वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ५९ अंक बढेको छ । त्यस्तै बैंकिङ समूहको शून्य दशमलव २१ प्रतिशत, होटल समूहको शून्य दशमलव ७१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९५ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव १७ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य १ प्रतिशतले परिसूचक बढेको छ ।
यो दिन एक घण्टामा व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३३ प्रतिशत घटेको छ । त्यस्तै जलविद्युत समूहको शून्य दशमलव ३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत, लघुवित्तको शून्य दशमलव २१ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक घटेको छ ।
एक घण्टामा १७५ कम्पनीको ३६ करोड ७ लाख ६१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको १६ लाख ४८ हजार कित्ता शेयर यस अवधिसम्म खरिद विक्री भएको हो । सोमवार एक घण्टामा युनाइटेड फाइनान्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । एक घण्टामा युनाइटेड फाइनान्सको ३ करोड ८ लाख ७३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस अवधिसम्म नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ६३ प्रतिशत बढेको छ भने आँखुखोला जलविद्युतको शेयरमूल्य सर्वाधिक ६ दशमलव ६७ प्रतिशत घटेको छ ।
प्रतिक्रिया