सोमबार, वैशाख ८, २०८२

तेस्रो घण्टाको कारोबारमा ६.१२ अंक घट्यो बजार, १ अर्ब भन्दा बढीको शेयर खरिद विक्री

नेपालखोज २०७७ असोज १२ गते १४:३२

काठमाडौं । सोमबर पहिलो घण्टासम्म बढेको बजार त्यसपछि भने घटिरहेको छ । कारोबारको तेस्रो घण्टामा बजार ६ दशमलव १२ अंक घटेर १ हजार ५५९ दशमलव ४४ विन्दुमा झरेको हो । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव १३ अंक घटेर ३०९ दशमलव ३४ विन्दुमा झरेको छ ।

तेस्रो घण्टामा १९१ कम्पनीको १ अर्ब ७ करोड ९५ लाख ६९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म अरुणभ्याली हाइड्रोको सर्वाधिक ४ करोड ७० लाख ९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ समूहमध्य वित्त समूहको शून्य दशमलव ८१ प्रतिशत परिसूचक बढेको छ भने बाँकी सबै समूहको घटेको छ । यो अवधिसम्म सर्वाधिक व्यापारिक समूहको २ दशमलव ७४ प्रतिशत परिसूचक घटेको छ । तेस्रो घण्टाको कारोबार अवधिसम्म नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ६३ प्रतिशत बढेको छ भने दिव्यश्वरी हाइड्रोको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५२ प्रतिशत घटेको छ ।

प्रतिक्रिया